गृहपृष्ठ भारतीय अर्थतन्त्रको उच्च वृद्धिदर, पहिलो त्रैमासिकमा ७.८ प्रतिशतको जीडीपी वृद्धि
भारतीय अर्थतन्त्रको उच्च वृद्धिदर, पहिलो त्रैमासिकमा ७.८ प्रतिशतको जीडीपी वृद्धि
काडमाडौं । भारतको चालु आर्थिक वर्ष २०२६–२७ को पहिलो त्रैमासिक (अप्रिल–जुन) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ७.८ प्रतिशतले बढेको छ ।
भारतीय रिजर्भ बैंक (आरबीआई) ले यस अवधिमा ७ प्रतिशत वृद्धिको अनुमान गरेकोमा भारतीय अर्थतन्त्रले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गरेको बताएको छ ।
भारतको तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयका अनुसार यस त्रैमासिकमा भारतको जीडीपी करिब ८१.३६ लाख करोड भारतीय रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा करिब ७५.४६ लाख करोड रुपैयाँ थियो ।
विश्वव्यापी अनिश्चितता, इन्धनको मूल्य वृद्धि र आपूर्ति शृंखलाको समस्याका बाबजुद भारतीय अर्थतन्त्रले यो बलियो वृद्धि हासिल गरेको बताइएको छ ।
प्रकाशित समय : १३:०५ बजे


















