गृहपृष्ठ बाढी प्रभावितका लागि उद्योग मन्त्रीलाई २० लाखको चेक हस्तान्तरण

बाढी प्रभावितका लागि उद्योग मन्त्रीलाई २० लाखको चेक हस्तान्तरण

बाढी प्रभावितका लागि उद्योग मन्त्रीलाई २० लाखको चेक हस्तान्तरण

काठमाडौं । विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख आर्थिक सहयोग गरेको छ ।

कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई २० लाखको चेक हस्तान्तरण गरेको मन्त्री यादवको सचिवालयले जानकारी दिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावितको राहत तथा उद्धारमा प्रयोग गरिनेछ ।

चेक हस्तान्तरण पछि मन्त्री यादवले विपद्को कठिन समयमा मानवीय भावनाका साथ सहयोग उपलब्ध गराएकोमा कम्पनीप्रति धन्यवाद व्यक्त गरे । उनले विपद्का बेला निजी क्षेत्र तथा विभिन्न सङ्घ–संस्थाबाट प्राप्त सहयोगले सरकारको राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए ।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु