गृहपृष्ठ प्रतिनिधिसभा बैठक बुधबार बस्दै

प्रतिनिधिसभा बैठक बुधबार बस्दै

प्रतिनिधिसभा बैठक बुधबार बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक यही भदौ १७ गते बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा सदनमा प्रतिनिधित्व गरेका छ दलका प्रतिनिधिले भनाइ राख्नुहुने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
यसअघि यही भदौ १० गते सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । भोटेकोशी  बाढीबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरु समेत खोज, उद्धार, राहत तथा पुनःस्थापनामासंलग्न हुनुपर्ने जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

प्रकाशित समय : १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु