गृहपृष्ठ जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग
जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग
जुम्ला- भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।
सङ्घका अध्यक्ष दिलबहादुर रोकायाका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिए ।
बाढीपहिरोबाट रसुवामा ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, घर तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ । रासस
प्रकाशित समय : १२:०८ बजे


















