गृहपृष्ठ सांसदलाई योजना बाड्ने विवादित कार्यक्रम लागू गर्दै गण्डकीका मुख्यमन्त्री

सांसदलाई योजना बाड्ने विवादित कार्यक्रम लागू गर्दै गण्डकीका मुख्यमन्त्री

सांसदलाई योजना बाड्ने विवादित कार्यक्रम लागू गर्दै गण्डकीका मुख्यमन्त्री

गण्डकी प्रदेश सरकारले विवादास्पद  अघि बढाउने तयारी गरेको छ । हरेक निर्वाचन क्षेत्रमा सांसदहरुको योजनामा २ करोड रुपैयाँ हाल्ने गरी कार्यक्रमको कार्यविधि तयार भइसकेको छ र छिट्टै मन्त्रिपरिषद्बाट पास गर्ने तयारी छ ।

यो कार्यक्रमलाई लिएर बजेट पास गर्ने क्रममा चर्को विवाद भएको थियो । तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट पास गर्ने क्रममा यो कार्यक्रम नछुटाउन निर्देशन दिएका थिए । हुन्छ भनेका अर्थमन्त्री रामजी बराल प्रदेशसभामा पेश गरेको बजेटमा नअटाएपछि चर्को विवाद भएको थियो । २० दिनसम्म प्रदेशसभा नै अवरुद्ध हुन पुगेको थियो ।

बजेट सुनिश्चित भए मात्र कार्यान्वयन गर्ने सहमतिपछि नाम परिवर्तन गर्दै ‘पूर्वाधार विकास कार्यक्रम’ वार्षिक कार्यक्रम पुस्तिकामा समावेश गरिएको थियो । बजेट कार्यान्वयनका क्रममै रहेका बेला ४ मंसिरमा भएको चुनाव भयो । एमालेका खगराज अधिकारी मुख्यमन्त्री बने ।

मुख्यमन्त्री अधिकारीले रकमान्तर गर्ने, वार्षिक कार्यक्रम पुस्तिकामा भएको बाहेक नयाँमा बजेट हाल्न नपाउने र योजना बाँडफाँट गर्ने समय घर्किसकेको अवस्थामा विनियोजन ऐन संशोधन गरेरै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अघि बढाउने तयारी गरेका छन् ।

कार्यविधि छिट्टै क्याबिनेटबाट पारित गरेर कार्यक्रम कार्यान्वयन गर्न मुख्यमन्त्री खगराज अधिकारी लागिरहेका छन् । अहिले अर्थ सचिव पनि काठमाडौं भएकाले १/२ दिन रोकिएको हो,’ एक अधिकारीले भने ।

प्रदेशसभाले २७ माघ विनियोजन विधेयकमा संशोधन गरेपछि रकमान्तर गर्न बाटो खोलिसकेको छ । यसअनुसार प्रदेशसभा सदस्यहरुले छानेका नयाँ योजनामा पनि रकमान्तर गरेर बजेट हाल्न सकिने छ ।

पूर्वाधार विकास कार्यक्रमको कुल ७२ करोड रुपैयाँ सांसदको समन्वयनमा स्थानीय तहबाट माग गरी जिल्लास्थित प्रदेश मातहतको कार्यालयले कार्यान्वयन गर्ने गरी कार्यविधि तयार गरिएको छ । स्थानीय तह र प्रदेश सांसदको समन्वयनमा नयाँ योजनामा रकम पठाएर नयाँ सरकारको अनुभूति दिलाउन मुख्यमन्त्री अधिकारी लागि परेको एमालेकै एक सांसदले बताए ।

प्रकाशित समय : ०६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु