गृहपृष्ठ ‘शिवमसँग उपहार टन्न’ योजना : दोस्रो चरणको लक्की-ड्र सम्पन्न
‘शिवमसँग उपहार टन्न’ योजना : दोस्रो चरणको लक्की-ड्र सम्पन्न
शिवम् सिमेन्टद्वारा ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४० जना) विजेताको नाम लक्की-ड्र मार्फत सार्वजनिक गरेको छ ।
कम्पनीले यसअघि पुस २६ गते लक्की-ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरूको छनौट गरिसकेको थियो । हालसम्म लक्की-ड्रबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यशाली विजेता बनिसकेका छन् भने स्योर सर्ट पुरस्कारमार्फत १ लाख ५० हजारभन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन् ।
शिवम् सिमेन्टले गत मंसिर १८ गतेदेखि उक्त योजना सार्वजनिक गरेको थियो जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्रयाच कुपन प्राप्त गरी दुई सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो ।
सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो । यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेको कम्पनीको भनाइ छ ।
लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत २ भाग्यशाली जोडी बागमती-पोखरा क्षेत्रबाट विकास कोइराला र उपत्यका बाहिरबाट राम प्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन् भने, दोस्रो पुरस्कारअन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झासहित ४ जोडी विजेताले हेलिटुर पुरस्कारबापत जितेका छन् ।
तेस्रो पुरस्कारअन्तर्गत फेवा कन्ष्ट्रक्शन, दिपेन्द्र कुमार झा, केशव कुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एकजनासहित ६ जनाले आधा-आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कारबापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहारस्वरुप जितेका छन् ।
त्यस्तै, आज सम्पन्न लक्की-ड्र कार्यक्रममा पहिलो लक्की-ड्र मार्फत उपहार जित्न सफल मेची-कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरूलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।
ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुंगाबाट गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
प्रकाशित समय : १९:२५ बजे

















