काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भारतबाट बढेर आयो इन्धनकाे मूल्य

4.77K
shares

भारतबाट इन्धनकाे नयाँ मूल्यसूची आएकाे छ । इन्डियन आयल कर्पाेरसन (आइओसी)ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीमा इन्धनकाे मूल्य बढेर आएकाे छ ।

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसाले बढेर आएको निगमले जनाएकाे छ । निगमका अनुसार मट्टितेलको मूल्य ४.६० रुपैयाँ र हवाई इन्धन ७.८० रुपैयाँले बढेर आएको छ । तर एलपी ग्यासमा भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ ।

नयाँ मूल्यसूचीले हाल भइरहेको मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ । आइओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ ।