गृहपृष्ठ नेसनल लाइफ इन्स्योरेन्सको ‘ब्रान्च म्यानेजर कन्फरेन्स’ सम्पन्न

नेसनल लाइफ इन्स्योरेन्सको ‘ब्रान्च म्यानेजर कन्फरेन्स’ सम्पन्न

नेसनल लाइफ इन्स्योरेन्सको ‘ब्रान्च म्यानेजर कन्फरेन्स’ सम्पन्न

‘इन्टिलेक्चुअल ग्रोथ’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले तीनदिने ‘ब्रान्च म्यानेजर कन्फरेन्स’ नगरकोटमा सम्पन्न गरेको छ ।

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ विभागका कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा जीवन बिमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरिएका कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार चालु आर्थिक वर्षको बाँकी अवधिको व्यावसायिक खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

विभागीय प्रमुख तथा देशैभरिबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारी गरी १५० जनाभन्दा बढीको सहभागिता रहेको उक्त सम्मेलनको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बिमा व्यवसाय प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता, मिहिनेत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बिमा बजारमा अग्र स्थानमा पुर्‍याउन कम्पनीका सबैले आ-आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिएका थिए ।

यसैगरी, नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमा ऐन २०७९ ले व्यवस्था गरेका विषयहरूमा प्रस्तुति दिँदै नयाँ बिमा ऐन २०७९ जारी भएपछि प्राधिकरणले बिमासँग सम्बन्धित हरेक विषयलाई कानुनी रूपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएको बारेमा विस्तृत जानकारी गराए ।

उपस्थित शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरूलाई कम्पनीका सहायक महाप्रबन्धक प्रज्ज्वल सायमीले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने विभागीय काम कारबाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तुति दिएका थिए । त्यसैगरी, सम्मेलनमा सहभागी कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यावसायिक दक्षता अभिवृद्धि गराउने उद्देश्यले व्यक्तित्व विकाससम्बन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरूका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रकाशित समय : १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु