global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ ।

मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले आजका लागि सारिएको थियो ।

माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमति जुटाउन पदाधिकारी बैठक बसेको थियो ।

बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

प्रकाशित समय : ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु