global ime bank Long Banner Ad

गृहपृष्ठ शुभम पावरको आइपीओ आजबाट बिक्री खुला

शुभम पावरको आइपीओ आजबाट बिक्री खुला

शुभम पावरको आइपीओ आजबाट बिक्री खुला

शुभम पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका चार लाख ८१ हजार ८८२ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । सर्वसाधारणका लागि बिक्री गरिने सेयरमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा वितरण नभएको एक लाख ८० हजार ५८० कित्ता सेयरसमेत थप भएको छ ।

कूल कित्ता सेयरमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । ११ हजार ६१० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

यो सेयर खरिदका लागि माघ २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । यस अवधिसम्म मागबमोजिम आवेदन नपरेमा फागुन ३ गतेसम्म बिक्री अवधि लम्बिनेछ ।  लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा पाँच हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै मेरो सेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-९ स्थित पिलुवा खोला जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साल साउन १ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

प्रकाशित समय : ०७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु