काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिभिल बैंक प्राप्ति गर्न हिमालयनलाई अन्तिम स्वीकृति

5.56K
shares

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ ।

सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउनेछन् । प्राप्तिपश्चात् बन्ने नयाँ बैंक हिमालयन बैंककै नामबाट सञ्चालनमा आउनेछ ।

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुग्ने बताइएकाे छ ।