काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विद्युतीय राहदानी बनाउन अनलाइन बुकिङ खुला

3.99K
shares

विद्युतीय राहदानी सहज रूपमा प्रदान गर्न एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ ।

दैनिक १५०० का दरले अनलाइन फाराम भर्न सक्ने राहदानी विभागले जनाएको छ । विभागका अनुसार अब सेवाग्राहीले आफूले चाहेको समयमा फाराम भर्न पाउनेछन् । हरेक दिन १५०० ले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा फारम भर्न सकिने विभागको भनाइ छ ।

थप समयमा अग्रिम बुकिङ गर्दा अर्को महिनाको थप एक दिनका लागि हुने राहदानी विभागले स्पष्ट पारेको छ । समय सकिन लागेमा थप एक महिनाको अवधि विभागले थप गर्दै जाने पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

अग्रिम बुकिङका लागि सर्भर खुला रहेकाले राति १० बजेसम्म अनलाइनबाट विद्युतीय राहदानीको फाराम भर्न सकिनेछ । विभागले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई आफ्नो प्राविधिक क्षमताअनुसार अनलाइन फाराम अग्रिम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकको छ । यो व्यवस्थाले विभागमा हुने भीडभाड कम हुने विभागको अपेक्षा छ ।