सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ :सभापति लामिछाने
वि.सं.२०८३ असोज १८ आइतवार १९:१२
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकार परिवर्तन गर्ने माध्यम निर्वाचन मात्रै हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै लामिछानेले लोकतन्त्रको रक्षाका नाममा आन्दोलनबाट सरकार ढाल्ने प्रयास गर्न नहुने बताए।
उनले भने, ‘ढल्न त ढल्छ, तर यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ, सरकार ढल्दैन, बिल्कुल ढल्दैन। किनकि हामीले यसपटक व्यक्तिलाई चुनेका होइनौँ, इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेका हौँ।’
लामिछानेले लोकतन्त्रको रक्षा राजनीतिक दलले मात्र गर्ने नभई जनताले गर्ने बताए । लोकतन्त्रका विधि र मूल्य–मान्यतालाई कमजोर पार्ने काम गर्न नहुने उनको भनाइ थियो ।
‘आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ, अब चुनावबाट मात्रै सरकार फेरौँ। चुनावले सरकार फेराउँछ,’ उनले भने।
उनले निर्वाचनबाट बनेको सरकार र जनमतलाई विदेशी चलखेल, सुरक्षा निकाय वा अन्य कारण देखाउँदै कमजोर पार्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरूलाई आग्रह गरे। जनताले दिएको मतको सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
लामिछानेले कांग्रेसको इतिहासको प्रशंसा गर्दै पार्टीको सबैभन्दा ठूलो शक्ति इतिहास भएपनि त्यही इतिहास कमजोरी बन्न सक्ने बताए । उनले कांग्रेसले पुरानो पुस्ता र नयाँ पुस्ताबीच सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
‘मलाई विश्वास छ सहकार्यको यो सिलसिला निरन्तर अगाडि बढ्नेछ । सहकार्यको यो सिलसिलालाई रास्वपाले सँधै अङ्गीकार गर्नेछ र लोकतन्त्र र परिवर्तनको पक्षमा हरेक कदममा कदम मिलाएर हिँड्ने प्रतिबद्धता पनि म आज यहाँहरूसमक्ष प्रस्तुत गर्न चाहन्छु,’ उनले भने।
लामिछानेले वर्तमान सरकारप्रति राजनीतिक दलहरूले व्यक्त गरेका चिन्तालाई आफूले जायज रूपमा लिएको बताए। अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र, पुँजीबजार र सरकारको कार्यदिशाबारे उठेका प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो। उनले रास्वपा लोकतन्त्रका मूल्य र मान्यताबाट विचलित नहुने दाबी गरे।
लामिछानेले सरकार र पार्टीको कामलाई छुट्टाछुट्टै जिम्मेवारीका रूपमा अघि बढाइएको स्पष्ट पारे। पार्टीका गतिविधि सभापतिले र सरकारका गतिविधि प्रधानमन्त्रीले हेर्ने भएकाले प्रधानमन्त्री पार्टी बैठकमा सहभागी नहुने विषयलाई अस्वाभाविक रूपमा प्रचार नगर्न उनले आग्रह गरे। उनले आगामी निर्वाचनसम्म सरकारले काम गर्ने अवसर पाउनुपर्ने बताए। रास्वपाले राम्रो काम गर्न नसके अर्को निर्वाचनमा जनताले आफूहरूलाई पराजित गर्न सक्ने उनको भनाइ थियो।
‘हामी परिवर्तनका लागि अर्को चुनावसम्मको प्रतीक्षा गर्न सक्छौँ। कम्तीमा लोकतान्त्रिक दल भएका हिसाबले नेपाली कांग्रेसले अर्को चुनावसम्मको प्रतीक्षा गर्न सक्छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने। लामिछानेले कांग्रेसलाई व्यक्ति बचाउन वा व्यक्ति फसाउँदै लोकतन्त्र कमजोर पार्ने काम नगर्न आग्रह गरे।सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ :सभापति लामिछाने काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकार परिवर्तन गर्ने माध्यम निर्वाचन मात्रै हुनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै लामिछानेले लोकतन्त्रको रक्षाका नाममा आन्दोलनबाट सरकार ढाल्ने प्रयास गर्न नहुने बताए।
उनले भने, ‘ढल्न त ढल्छ, तर यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ, सरकार ढल्दैन, बिल्कुल ढल्दैन। किनकि हामीले यसपटक व्यक्तिलाई चुनेका होइनौँ, इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेका हौँ।’ लामिछानेले लोकतन्त्रको रक्षा राजनीतिक दलले मात्र गर्ने नभई जनताले गर्ने बताए । लोकतन्त्रका विधि र मूल्य–मान्यतालाई कमजोर पार्ने काम गर्न नहुने उनको भनाइ थियो । ‘आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ, अब चुनावबाट मात्रै सरकार फेरौँ। चुनावले सरकार फेराउँछ,’ उनले भने।
उनले निर्वाचनबाट बनेको सरकार र जनमतलाई विदेशी चलखेल, सुरक्षा निकाय वा अन्य कारण देखाउँदै कमजोर पार्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरूलाई आग्रह गरे। जनताले दिएको मतको सम्मान गर्नुपर्ने उनको भनाइ थियो। लामिछानेले कांग्रेसको इतिहासको प्रशंसा गर्दै पार्टीको सबैभन्दा ठूलो शक्ति इतिहास भएपनि त्यही इतिहास कमजोरी बन्न सक्ने बताए । उनले कांग्रेसले पुरानो पुस्ता र नयाँ पुस्ताबीच सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
‘मलाई विश्वास छ सहकार्यको यो सिलसिला निरन्तर अगाडि बढ्नेछ । सहकार्यको यो सिलसिलालाई रास्वपाले सँधै अङ्गीकार गर्नेछ र लोकतन्त्र र परिवर्तनको पक्षमा हरेक कदममा कदम मिलाएर हिँड्ने प्रतिबद्धता पनि म आज यहाँहरूसमक्ष प्रस्तुत गर्न चाहन्छु,’ उनले भने। लामिछानेले वर्तमान सरकारप्रति राजनीतिक दलहरूले व्यक्त गरेका चिन्तालाई आफूले जायज रूपमा लिएको बताए। अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र, पुँजीबजार र सरकारको कार्यदिशाबारे उठेका प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो। उनले रास्वपा लोकतन्त्रका मूल्य र मान्यताबाट विचलित नहुने दाबी गरे।
लामिछानेले सरकार र पार्टीको कामलाई छुट्टाछुट्टै जिम्मेवारीका रूपमा अघि बढाइएको स्पष्ट पारे। पार्टीका गतिविधि सभापतिले र सरकारका गतिविधि प्रधानमन्त्रीले हेर्ने भएकाले प्रधानमन्त्री पार्टी बैठकमा सहभागी नहुने विषयलाई अस्वाभाविक रूपमा प्रचार नगर्न उनले आग्रह गरे। उनले आगामी निर्वाचनसम्म सरकारले काम गर्ने अवसर पाउनुपर्ने बताए। रास्वपाले राम्रो काम गर्न नसके अर्को निर्वाचनमा जनताले आफूहरूलाई पराजित गर्न सक्ने उनको भनाइ थियो। ‘हामी परिवर्तनका लागि अर्को चुनावसम्मको प्रतीक्षा गर्न सक्छौँ। कम्तीमा लोकतान्त्रिक दल भएका हिसाबले नेपाली कांग्रेसले अर्को चुनावसम्मको प्रतीक्षा गर्न सक्छ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने। लामिछानेले कांग्रेसलाई व्यक्ति बचाउन वा व्यक्ति फसाउँदै लोकतन्त्र कमजोर पार्ने काम नगर्न आग्रह गरे।




















