हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ
वि.सं.२०८३ असोज १८ आइतवार २०:२७
shares
Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT
सारांश
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई प्राथमिकता दिएका छन् ।
- अध्यक्ष घिसिङले देश निर्माणका लागि सहकार्य र समन्वयमार्फ सबै निरन्तर खटिनुपर्नेमा जोड दिए ।
- नेपालको जलस्रोत, कृषि तथा प्राकृतिक स्रोतको उच्चतम उपयोग गर्दै हरित क्रान्तिमार्फत देशको अर्थतन्त्रमा सुधार ल्याउनुपर्नेमा उनले जोड दिए ।
बनेपा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्ने बताएको छ । आज बनेपामा पार्टीको जिल्ला समिति कार्यालयको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले जिल्लाका गाउँपालिका तथा नगरपालिकामा पार्टीको सङ्गठन विस्तार भइसकेको बताए ।
अध्यक्ष घिसिङले देश निर्माणका लागि सहकार्य र समन्वयमार्फ सबै निरन्तर खटिनुपर्नेमा जोड दिए। उनले भने, “हामीले एक दिन र एक घण्टा पनि खेर नफाली निरन्तर मेहनतका साथ काम गर्नुपर्नेछ ।” उनले लामो समयदेखि आर्थिक सङ्कट तथा अभावमा गुज्रिएको मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन संस्थागत सुदृढीकरण गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
नेपालको जलस्रोत, कृषि तथा प्राकृतिक स्रोतको उच्चतम उपयोग गर्दै हरित क्रान्तिमार्फत देशको अर्थतन्त्रमा सुधार ल्याउनुपर्नेमा उनले जोड दिए । कृषिको आधुनिकीकरण, स्वच्छ ऊर्जाको प्रवर्द्धन र स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्न तथा स्वदेशमै उद्यम गर्न प्रेरित गर्नुपर्नेमा उहाँले जोड दिए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो ।




















