काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बुटवलमा ARE GP रेसिङ क्वालिफायर्स सम्पन्न, तीन राइडर फाइनलमा

1.05K
shares

बुटवल । जगदम्बा मोटर्स प्रालिले बुटवलमा अपाचे रेस एक्सपेरियन्स (ARE) GP रेसिङ क्वालिफायर्स सम्पन्न गरेको छ। तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौराङ्ग इजी भेट्रायल सेन्टरमा आयोजित प्रतियोगितामा ७६ जना राइडरले सहभागिता जनाएका थिए।

टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्सको सहकार्यमा आयोजित कार्यक्रममा सहभागी राइडरले व्यावसायिक रेसिङ प्रशिक्षण तथा प्रतिस्पर्धात्मक अभ्यास गरेका थिए। सहभागीलाई पूर्व ARE GP नेपाल विजेता सुजन थापा मगर र चारपटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ तथा भिजन कन्ट्रोललगायतका विषयमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षणपछि १६० सीसी वर्गमा प्रतिस्पर्धात्मक रेस आयोजना गरिएको थियो। बुटवल चरणबाट धीरज बि.क. विजेता बनेका छन्। उनले ३४.०७ सेकेन्डमा रेस पूरा गरे। अभिषेक पन्थी ३४.६२ सेकेन्डसहित प्रथम उपविजेता र अरिक श्रेष्ठ ३४.८७ सेकेन्डसहित द्वितीय उपविजेता बने।

तीनै राइडरले ARE GP ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन्। ग्रान्ड फिनालेमा उनीहरूले काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका क्षेत्रीय क्वालिफायर्ससँग प्रतिस्पर्धा गर्नेछन्।

जगदम्बा मोटर्सका अनुसार ग्रान्ड फिनालेका १६० सीसी र २०० सीसी वर्गका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। उक्त प्रतियोगितामा ५० भन्दा बढी देशका राइडर सहभागी हुने कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सले ARE GP मार्फत नेपालमा मोटरस्पोर्ट्स संस्कृतिको विकास तथा नयाँ राइडरलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुर्‍याउने उद्देश्य राखेको जनाएको छ। कार्यक्रमअन्तर्गत काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखरामा क्षेत्रीय क्वालिफायर्स आयोजना हुँदैछन्।