महालक्ष्मी विकास बैंकद्वारा ‘महा सोमबार’ योजना सञ्चालन
वि.सं.२०८३ असोज १८ आइतवार १२:५५
shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवद्र्धन, ग्राहक सुविधा अभिवृद्धि तथा नगदरहित बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालनमा ल्याएको छ।
योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराजमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार डेबिट कार्ड प्रयोगकर्ताले दराज नेपालमार्फत न्यूनतम १ हजार ९९९ रुपैयाँको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट पाउनेछन्। त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले न्यूनतम १ हजार ९९९ रुपैयाँको खरिदमा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन्।
यो योजना प्रत्येक सोमबार मात्र लागू हुनेछ। छुट सीमित संख्यामा र पहिले आउने ग्राहकलाई प्राथमिकताका आधारमा उपलब्ध हुने भएकाले ग्राहकले समयमै योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ।
योजनामार्फत डिजिटल भुक्तानी तथा कार्डबाट हुने कारोबारलाई प्रोत्साहन गर्दै आधुनिक बैंकिङ सेवाको प्रयोग विस्तार गर्न र ग्राहकलाई दैनिक कारोबारमा थप सुविधा तथा बचत उपलब्ध गराउने बैंकको विश्वास छ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफे लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।






















