गृहपृष्ठ सिद्धार्थ बैंकको ‘१०–१० दसैँ धमाका’ अफर, दराजमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकको ‘१०–१० दसैँ धमाका’ अफर, दराजमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकको ‘१०–१० दसैँ धमाका’ अफर, दराजमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा ‘१०–१० दसैँ धमाका’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

असोज १५ देखि २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२, २०२६ सम्म सञ्चालन हुने अफरमा भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म, अधिकतम १ हजार रुपैयाँ र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म, अधिकतम १ हजार ५ सय रुपैयाँ छुट पाउने बैंकले जनाएको छ।

छुट लिन ग्राहकले दराज एपमा रहेको ‘मेगा दसैँ डिस्काउन्ट १०.१०’ अभियानअन्तर्गत ‘बैंक भाउचर’ सेक्सनमा गएर सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ। संकलित भाउचर ग्राहकको दराज प्रोफाइलको ‘माई भाउचर्स’मा सुरक्षित हुनेछ।

त्यसपछि १ हजार ९९९ रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्दा भुक्तानीको माध्यममा भिसा डेबिट वा क्रेडिट कार्ड छनोट गरी सिद्धार्थ बैंकको सम्बन्धित कार्डबाट भुक्तानी गर्नुपर्नेछ। यसपछि ग्राहकले तोकिएको छुट पाउने बैंकले जनाएको छ।

बैंकका अनुसार दसैँको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित र लाभदायी बनाउन दराजसँग सहकार्य गरिएको हो। यसले ग्राहकलाई डिजिटल भुक्तानीका माध्यम प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै दसैँको किनमेलमा थप सुविधा दिने अपेक्षा गरिएको छ।

प्रकाशित समय : ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु