गृहपृष्ठ इसेवा मनी ट्रान्सफरको ब्रान्ड हिरो बने दयाहाङ राई
इसेवा मनी ट्रान्सफरको ब्रान्ड हिरो बने दयाहाङ राई
डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले अभिनेता दयाहाङ राइलाई ब्राण्ड हिरोको रुपमा आबद्ध गरेको छ ।
यसअघि नै अभिनेता राजेश हमाल पनि ब्राण्ड एम्बेसडरका रुपमा इसेवा मनी ट्रान्सफरसँग आबद्ध छन् । राई इसेवा मनी ट्रान्सफरका युएईलगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।
राईले भने, ‘इसेवा मनी ट्रान्सफर जस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसंग आवद्ध हुन पाउँदा म एकदमै खुशी र साथमा उत्साहित पनि छु ।’ उनले विदेश गएर काम गर्दै आएका दाजुभाइ र दिदीबहिनीसँग भेट्न आतुर रहेको बताउँदै यसले आफूलाई एक नेपालीको रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारी बोध गराएको बताए ।
यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘दयाहाङ राईको नेपालमा मात्र नभएर युएई र सारा संसार भरि नै फ्यान फ्लोइङ एकदमै राम्रो रहेको छ, यो त उहाँको कामको प्रभावले नै हो र उहाँ जस्तो लोकप्रिय व्यक्तित्वलाई कम्पनीको ब्राण्ड हिरो एम्बेसेडरको रुपमा आवद्ध गर्न पाउँदा सम्पूर्ण इसेवा मनी ट्रान्सफर टोली एकदमै हर्षित छ ।’
उनले राईको आगमनले कम्पनीलाई थप चार्चा र सफलताको शिखरमा पुर्याउने र मेरो डिजिटल देश जस्तो काठमाडौंमा घर दिने अभियानलाई सार्थकता प्रदान गर्ने बताए । इसेवा मनी ट्रान्सफरले वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्दनका लागि यो अभियान सुरू गरेको थियो । हाल यस अभियानमा विदेशमा रहेका नेपालीहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीले बताएको छ ।
यसै अनुरुप अभियान निरन्तर रुपमा संचालन हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।
प्रकाशित समय : ०८:०६ बजे



















