गृहपृष्ठ उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदहरूलाई जान्छ : उपराष्ट्रपति पुन

उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदहरूलाई जान्छ : उपराष्ट्रपति पुन

उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदहरूलाई जान्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदलाई नै जाने बताएका छन् ।

उनले ‘शहीद दिवस–२०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सम्पूर्ण शहीदहरूको योगदानको उच्च मूल्याङ्कन र शहीद परिवारजनमा उच्च सम्मान व्यक्त गरेका छन् ।

उनले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक क्रान्ति तथा सङ्घर्षमा आफ्नो जीवन आहुति दिने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

‘नेपाली जनताको लामो राजनीतिक सङ्घर्षपछि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर शहीदहरूको बलिदानीबाट प्राप्त यी उपलब्धिहरू सविधानमार्फत संस्थागत छन्’, उनले भनेका छन् ।

प्रकाशित समय : ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु