गृहपृष्ठ हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टको शाखा धनगढीमा

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टको शाखा धनगढीमा

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टको शाखा धनगढीमा

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा धनगढी वडा नं. १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा कम्पनीको ‘थ्रि एस’ सेवाअन्तर्गत : सेल्स, सर्भिस र स्पेयर पार्टपुर्जासम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिने जनाइएकाे छ ।

शाखा विस्तारसँगै नेपालको सर्वाधिक बिक्री हुने हुन्डाईको एक्स्काभेटरहरू, चट्टान तथा अरू हेभी पदार्थ फुटाउन ’जिसुङ र रामर’ ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू, साथै विश्वको नम्बर एक ‘एम्. बि. बकेट क्रसर’ पनि त्यहाँबाट सहजरूपमा खरिद गर्न सकिनेछ । यससँगै निर्माण व्यवसायी तथा इक्विप्मन्ट अपरेटरहरूले भरपर्दो हेभी इक्विप्मन्ट किन्न टाढा गइरहनुपर्ने छैन ।

यसका साथै हेभी इक्विप्मन्टको मर्मत तथा पार्टपुर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिनेछ । हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्ट, नेपालको हेभी निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो । कम्पनीले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एक्स्काभेटर’को बिक्रीवितरण गर्दछ ।

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन एवं खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मन्टको रूपमा रहँदै आएको छ ।

प्रकाशित समय : ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु