हिउँले ढाक्यो कर्णाली (फोटोफिचर)
वि.सं.२०७९ माघ १० मंगलवार १६:०६
shares

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएकाे छ । मंगलबार बिहानैदेखि भएकाे हिमपातपछि त्यस क्षेत्रमा अत्यधिक जाडो बढ्नुका साथै जनजीवन प्रभावित बनेकाे स्थानीयहरूले बताएका छन् ।
हिमपात भएका क्षेत्रहरूमा यातायात अवरूद्ध भएका छन् । पाइपमै पानी जमेपछि खानेपानीकाे समस्या भएकाे छ । भारी हिमपातपछि युवायुवती र बालबालिकाहरू हिउँ खेल्दै रमाइरहेका छन् । किसानहरू भने खेतीपाती सप्रिने भयो भन्दै खुसी छन् ।

































