गृहपृष्ठ संसद भवनअगाडि आत्मदाहको प्रयास
संसद भवनअगाडि आत्मदाहको प्रयास
संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् ।
बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर अस्पताल लगेका थिए ।
प्रकाशित समय : १६:०९ बजे



















