global ime bank Long Banner Ad

गृहपृष्ठ आयाम इन्टरकन्टिनेन्टलले पोखराको चाउथेमा खोल्यो अत्याधुनिक सर्भिस सेन्टर

आयाम इन्टरकन्टिनेन्टलले पोखराको चाउथेमा खोल्यो अत्याधुनिक सर्भिस सेन्टर

आयाम इन्टरकन्टिनेन्टलले पोखराको चाउथेमा खोल्यो अत्याधुनिक सर्भिस सेन्टर

फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई बिक्रीपछिको आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उद्देश्यले सर्भिस सेन्टर खोलेको कम्पनीले जनाएको छ । उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव बहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका थिए ।

यस अगाडि चाउथेमा सञ्चालित फोर्स मोर्टसको सोरुम सञ्चालनमा आइसकेको छ । फोर्सका ग्राहकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधासहित गाडी मर्मत गर्न सक्नेछन् । करिब ७ रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ । गाडी बिक्रीपछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उद्देश्य राखिएको जानकारी उक्त आयाम इन्टरकन्टिनेन्टलका प्रबन्धनिर्देशक निरन के.सीले जानकारी दिए ।

आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जीप बिक्री बितरण गर्दै आइरहेको छ । यसका साथै फोर्सका पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय छन् ।

काठमाडौंको गैरीधारामा तथा इटहरीमा आफ्नै शाखा रहेको छ । देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले फोर्स मोटर्सका नयाँ मोडलका बस तथा जीपहरु समेत नेपाली बजारमा छिट्टै ल्याउन लागेको छ भने केही समयअघि मात्रै गुर्खा जीप नेपाली बजारमा ल्याएको थियो ।

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु