गृहपृष्ठ विश्वकप छनोट खेल्ने यू-१९ क्रिकेट टिमको घोषणा
विश्वकप छनोट खेल्ने यू-१९ क्रिकेट टिमको घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
आइसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटका लागि क्यानले आइतबार १४ सदस्सीय टोलीको घोषणा गरेको हो । क्यानले प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट नेपाली टोली घोषणा गरेको हो ।
क्यानले घोषणा गरेको टोलीमा ४ वैकल्पिक खेलाडी रहेका छन् । छनोट युएईमा आगामी फेब्रुअरीमा हुनेछ ।
नेपाली टोली –
आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे,दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा ।
वैकल्पिक –
प्रज्वल थापा, तुल बहादुर थापा,निर्मल थापा, राजेश यादव ।
प्रकाशित समय : ०८:२९ बजे



















