गृहपृष्ठ बंगलादेशमा राष्ट्रपतिको निर्वाचन मिति तय
बंगलादेशमा राष्ट्रपतिको निर्वाचन मिति तय
बंगलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सचिव मोहम्मद जहाँगीर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिएका हुन् । देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेकोले वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आइतबार साँझ आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।
देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको जानकारी दिए । हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदैछ । राष्ट्रपति निर्वाचनको कार्यतालिका चाँडै घोषणा गरिने आलमले बताए ।
प्रकाशित समय : ०७:५९ बजे

















