गृहपृष्ठ आज कहाँ-कहाँ हुनसक्छ वर्षा र हिमपात ?
आज कहाँ-कहाँ हुनसक्छ वर्षा र हिमपात ?
नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशभरकाे मौसम सामान्यतया सफा रहेको र आज दिउँसाे पनि सामान्यतया सफा रहने माैसमविद्ले बताएका छन् । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित समय : ०७:४३ बजे



















