global ime bank Long Banner Ad

गृहपृष्ठ ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२३’ कार्यक्रम सम्पन्न

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२३’ कार्यक्रम सम्पन्न

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२३’ कार्यक्रम सम्पन्न

द ब्रिटिस कलेजले हायात रिजेन्सीमा पूर्व विद्यार्थीहरूको भेला (अलुम्नाइ मिट-२०२३) कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिस कलेजबाट ग्रयाजुएट भएका विद्यार्थीहरूलाई नेटवर्क बनाउन र आफ्नो सम्बन्ध विस्तार गर्न मौका मिलेको कलेजको भनाइ छ ।

कार्यक्रममा सन् २०१५ देखि २०२२ सम्मका १०० जनाभन्दा बढी पूर्व विद्यार्थी, स्टाफ, फ्याक्ल्टी र विशेष अतिथिको उपस्थिति रहेको थियो । साथै, लिड्स बेकेट विश्वविद्यालयका प्रतिनिधि कुनाल हल्बीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन ब्रिटिस कलेजका सीईओ राजन कडेँलले गरेका थिए । कडेँलले भने, ‘पुराना साथीहरुसँग भेटघाट गर्नुका साथै यो कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुले छोडेदेखि हामीले के गर्दछौँ र के कस्ता नयाँ अवसरहरू उपलब्ध गराएका छौँ भनेर देखाउने मौका मिलेको छ । जस्तै ब्राण्ड न्यू इन्क्युवेशन सेन्टर जुन हामीले प्रदान दिनेछौँ ।’

कार्यक्रममा कलेजका पूर्व विद्यार्थी, स्कुल अफ कम्प्युटिङका तर्फबाट रविन तिवारी, सिल्क ग्रुपका सिटिओ र स्कुल अफ बिजेनशतर्फबाट सिजी होल्डिङका कार्यकारी निर्देशक करन चौधरीले मन्तव्य दिएका थिए ।

एड्मिसन्स् तथा मार्केटिङका हेड अमरदिप मण्डलले मन्तव्य दिएका थिए । उनले भने, ‘पूर्व विद्यार्थीहरूसँगको सम्बन्ध बलियो र सुमधुर बनाइराख्न हामीले अलम्नाइ कार्यक्रम गर्दै आइरहेका छौँ ।’ पूर्व विद्यार्थीहरूले प्राप्त गरेको सफलताप्रति हामीहरूलाई गर्व छ । उनीहरूको भविष्यको योजनाप्रति मद्धत गर्न हामीहरू सदैव तयार छौँ ।’

प्रकाशित समय : २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु