global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादीले बोलायो स्थायी समिति बैठक

माओवादीले बोलायो स्थायी समिति बैठक

माओवादीले बोलायो स्थायी समिति बैठक

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ ।

पार्टीको केन्द्रीय कार्यालयका अनुसार बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आयोजना गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने कार्यक्रम तय भएको बताइएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भइसकेको पछिको अवस्था, पार्टीका बाँकी काम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु