गृहपृष्ठ अमेरीकी राष्ट्रपति बाइडेनको घरमा १३ घन्टा छापा

अमेरीकी राष्ट्रपति बाइडेनको घरमा १३ घन्टा छापा

अमेरीकी राष्ट्रपति बाइडेनको घरमा १३ घन्टा छापा

अमेरिकाको न्याय विभाग (डीओजे)ले राष्ट्रपति जो बाइडेनको घरमा १३ घण्टा लामो तलासीपछि ६ वर्गीकृत महत्त्वपूर्ण कागजातहरू फेला पारेको छ ।

डेलावरस्थित बाइडेनको घरबाट डकुमेन्टहरू फेला पारेको बाइडेनका वकिलले जानकारी दिएका छन् । शुक्रबार फेला पारिएका कागजातहरू उनी सिनेटर हुँदा तथा बाराक ओबामा राष्ट्रपति हुँदा उनी उपाध्यक्ष हुँदाको बेलाको भएको बताइएको छ ।

वकिल बब बउरका अनुसार व्यक्तिगत रूपमा हस्तलिखित नोट तथा अन्या आसपासका सामग्रीहरु पनि जफत गरिएको छ । उक्त समयमा राष्ट्रपति र उनकी श्रीमती भने उपस्थित नभएको जनाइएको छ ।

यसअघि पनि उनको घरबाट गोप्य कागजातहरू फेला पारिएको थियो । कागजातको अनुसन्धानपछि थप प्रक्रियाहरू अघि बढ्ने जनाइएको छ ।

प्रकाशित समय : १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु