गृहपृष्ठ ईसेवाको प्रादेशिक कार्यालय जनकपुरधाममा
ईसेवाको प्रादेशिक कार्यालय जनकपुरधाममा
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ ।
योसँगै ईसेवा हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ । हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा कार्यालयसम्म आफ्नो उपस्थिति जनाएको ईसेवाले आफ्ना सेवा र सुविधालाई अझ सुविधापूर्ण र सरलस्कृत गर्दै अगाडि बढ्ने उद्देश्यका साथ क्षेत्रीय कार्यालय विस्तार गरेको हो ।
प्रादेशिक कार्यालय जनकपुरको मिल्स एरियामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घाटन गरे । अबदेखि मधेस प्रदेशका ग्राहक तथा एजेन्टहरूले ईसेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशिक कार्यालयमार्फत सहज ढंगले प्रयोग गर्न पाउनेछन् ।
देशभर एक लाख ६५ हजारभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेको ईसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब एक करोड ७० लाख जनसंख्याले सेवा लिइरहेका छन् । ईसेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको छ ।
ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।
प्रकाशित समय : १६:१७ बजे


















