गृहपृष्ठ झिनो अंकले बढ्यो नेप्से
झिनो अंकले बढ्यो नेप्से
आज सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । बिहिबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज ६ उपसूचकमा हरियाली छाएको छ भने बाँकी ७ सूचक राताम्य रहेका छन् । आज ब्यापार, हाइड्रोपावर, लगानी, म्युचुअल फण्ड, निर्जिवन बिमा र बैंकिङ सूचकमा हरियाली छाएको छ । त्यस्तै, अन्य सूचक घट्दा सर्वाधिक अन्य सूचक ०.८८ प्रतिशतले घट्न पुगेको छ ।
आज सर्वाधिक एनआइसी एशिया बैंकको १८ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, रिडी हाइड्रोपावरको १२ करोड ३२ लाख, पिपुल्स हाइड्रोपावरको १० करोड ४० लाख, अपि पावरको ९ करोड ४५ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोढ ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित समय : १५:३५ बजे


















