गृहपृष्ठ ९ अंकले घट्यो नेप्से, ४ अर्ब ९२ कराेडकाे कारोबार
९ अंकले घट्यो नेप्से, ४ अर्ब ९२ कराेडकाे कारोबार
बुधबारको सेयर बजार ९.०१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से० को अनुसार बुधबार सेयर बजार घटेर २१७३.१० विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार आज १३ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीले ३५ करोड रुपैयाँको गरेको छ ।
आज ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएका छन् । आज पनि पिपुल्स पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ७.८९ प्रतिशतले घट्न पुगेको छ ।
यस दिन बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने डेभलमेन्ट बैंक, हाइड्रोपावर र म्युचुअल फन्ड समूहको उपसूचक मात्र धनात्मक भएका छन् ।
प्रकाशित समय : १५:३३ बजे



















