गृहपृष्ठ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि चाँडै खुल्ने

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि चाँडै खुल्ने

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि चाँडै खुल्ने

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि चाँडै सञ्चालनमा आउने भएको छ। साउन दोस्रो साता उद्घाटन गरिएको सुरुङमार्ग हाल एम्बुलेन्सलगायत आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिएको छ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीका अनुसार अहिले दैनिक करिब १५० देखि २०० वटा आकस्मिक तथा आपत्कालीन सवारीसाधन सुरुङमार्ग हुँदै आवतजावत गरिरहेका छन्। त्यस्ता सवारीसाधनलाई निःशुल्क रूपमा सुरुङमार्ग प्रयोग गर्न दिइएको छ।

सुरुङमार्ग सञ्चालनमा ल्याउनुअघि अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपत्कालीन अभ्यास भइरहेको आयोजनाले जनाएको छ। यसै क्रममा सुरुङभित्र आपत्कालीन उद्धार अभ्यास ९मक ड्रिल० सम्पन्न गरिएको छ।

आयोजनाअन्तर्गत गठित आपत्कालीन उद्धार समूह ९इमर्जेन्सी रेस्पन्स ग्रुप० ले आगलागी तथा अन्य दुर्घटनाको अवस्थामा उद्धारसम्बन्धी अभ्यास गरेको हो। समूहमा काठमाडौँ महानगरपालिका, चन्द्रागिरि नगरपालिका, युद्ध वारुणयन्त्र, सशस्त्र प्रहरी अस्पताल तथा सशस्त्र प्रहरी बलको डिजास्टर समूह सहभागी छन्।

सुरुङभित्र आगलागी हुँदा कसरी नियन्त्रण गर्ने, यात्रुले भरिएको बसमा आगलागी भएमा यात्रुको सुरक्षित उद्धार कसरी गर्ने लगायतका विषयमा अभ्यास गरिएको पन्थीले जानकारी दिए। उनका अनुसार ठूला सवारीसाधन दुर्घटना भएमा उद्धार गर्ने अभ्यासलाई पनि थप प्रभावकारी बनाउने तयारी भइरहेको छ।

सुरुङ सञ्चालनको जिम्मेवारी पाएका कम्पनीले ‘सुरुङमार्ग सञ्चालन योजना’ पेस गरेपछि आयोजनाले त्यसको अध्ययन गर्नेछ। योजना स्वीकृत भएपछि सुरुङमार्गलाई चरणबद्ध रूपमा व्यावसायिक सञ्चालनमा ल्याइनेछ।

सुरुमा साना सवारीलाई मात्रै प्रवेश

सुरुमा साना सवारीसाधनलाई सीमित गतिमा सुरुङमार्ग प्रयोग गर्न अनुमति दिने तयारी गरिएको छ। ठूला सवारीसाधन दुर्घटना हुँदा उद्धारसम्बन्धी अभ्यास पूर्ण रूपमा सम्पन्न नभएकाले प्रारम्भिक चरणमा साना सवारीसाधनलाई प्राथमिकता दिइने पन्थीले बताए।

आयोजनाका अनुसार आगामी सोमबारदेखि साना सवारीसाधनलाई सुरुङमार्ग हुँदै आवतजावत गर्न अनुमति दिने गरी तयारी भइरहेको छ।

६० देखि ६०० रुपैयाँसम्म टोल शुल्क

सरकारले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनको प्रकारअनुसार ६० देखि ६०० रुपैयाँसम्म सडक उपभोग दस्तुर ९टोल शुल्क० निर्धारण गरिसकेको छ। नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी शुल्क तोकेको हो।

सुरुङमार्ग प्रयोग गर्दा काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ २.६८ किलोमिटर अर्थात् २ हजार ६८८ मिटर लामो छ। आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटर लामो छुट्टै सुरुङसमेत निर्माण गरिएको छ।

सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनमा सुधार हुनुका साथै यात्राको समय तथा दूरी घट्ने, इन्धन खपत र ढुवानी लागत कम हुने अपेक्षा गरिएको छ। साथै, सुरुङमार्गले व्यापारिक गतिविधि विस्तार तथा सडक पूर्वाधारको आधुनिकीकरणमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित समय : ०६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु