बार्सिलोनालाई सुपर कपको उपाधि
वि.सं.२०७९ माघ २ सोमवार ०९:३७
shares

बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।
बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए । खेलको ३३औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।
४५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ६९औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोनाको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले एक गोल फर्काए पनि बार्सिलोना ३-१ ले विजयी हुँदै च्याम्पियन बनेको हो ।
बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो । मुख्य प्रशिक्षक जाभीको नेतृत्वमा बार्सिलोनाको यो पहिलो उपाधि हो ।


























