शिवम् सिमेन्ट्सद्वारा १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव
वि.सं.२०७९ माघ २ सोमवार ०९:११
shares

शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को सातौं वार्षिक साधारण सभा हेटौंडास्थित होटल सामनामा सम्पन्न भएको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको वार्षिक साधारण सभामा आ.व. २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५३ (दश दशमलव पाँच तीन) प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना सञ्चालक निर्वाचित भएका छन् । सभास्थलमा बसेको नवनिर्वाचित सञ्चालकहरुको बैठकबाट गौरव गोयललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।
यसका साथै, सोही सभाबाट नेपाल सरकारका पूर्वसचिव समेत रहेका चन्द्र कुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालक पदमा नियुक्ति गरी ६ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।
उक्त सभाबाट आ.व. २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरिएको छ । यसका साथै आव २०७९/८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरिक्षकमा नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गरिएको छ ।
कम्पनीमा आवद्ध रही उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।

























