काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ईसेवामार्फत अन्तर्राष्ट्रिय गन्तव्यका टिकट काट्नेको संख्या बढ्दो, अझै नयाँ सुविधा थपिँदै

8.46K
shares

ईसेवाबाट अन्तर्राष्ट्रिय गन्तव्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा नेपाली तथा विदेशीहरू ईसेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इसेवाको मोबाइल एप्समार्फत टिकट काट्न थालेका हुन् ।

ईसेवाले अन्तर्राष्ट्रिय गन्तव्यका लागि थप सुविधाहरू प्रदान गर्दै गइरहेको छ । ईसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट विक्री गर्दै आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट विक्री गर्दा यसप्रति आकर्षण बढ्दै गएको हो ।

ईसेवाको सेवामार्फत वैदेशिक यात्रामा जाने हरेक नेपालीले ईसेवामार्फत कुनै पनि देशका गन्तव्यका हवाइ टिकट सहजै काट्न सकिनेछ । ईसेवा टुर्स एण्ड ट्राभल्सले आफ्नो सुरूवातदेखि नै अहिलेसम्म ६० हजारभन्दा धेरै यात्रुलाई अन्तर्राष्ट्रिय गन्तव्यको सुविधा दिइसकेको छ । ईसेवामा विश्वका जुनसुकै देशका तथा नेपाल आउने टिकट काट्न मिल्ने सुविधा रहेको छ ।

देशभर एक लाख ६५ हजार भन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेको ईसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।