काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गरिमा बैंककाे १४.५० प्रतिशत लाभांश पारित

7.22K
shares

गरिमा विकास बैंकको लाभांश पारित भएको छ । बैंकको सोह्रौं वार्षिक साधारण सभाले प्रस्तावित १४.५० प्रतिशत लाभांश पारित गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । योसँगै बैंकको चुक्ता पूँजी पाँच अर्ब १८ करोड ७६ लाख रुपैयाँ भएको छ । सभाले बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरेको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुमा प्रथम पुतलीबजार शाखा, दोस्रो इमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।