काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मायाखोला हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि सेयर बाँडफाँड

8.23K
shares

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँड सम्पन्न भएको छ । प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १०० रुपैयाँ अंकित दरको २,४०,००० कित्ता सेयर बाँडफाँड गरेको हो ।

सो आइपीओमा सि-आश्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट ८,२५७ जना आवेदकहरुबाट प्राप्त ७,२६,८४० कित्ता सेयरको आवेदन प्राप्त भएकोले शुक्रबार १० कित्तादेखि ३० कित्ता आवेदकलाई मागबमोजिम तथा ४० कित्तादेखि ६,३०० सम्म आवेदन दिने आवेदकलाई ३० कित्ताको दरले गरी जम्मा ८,२५७ जना आवेदकलाई २,१५,६७० कित्ता सेयर बाँडफाँड गरिएको र बाँकी रहेको सेयरको लागि ४० कित्तादेखि ६,३०० कित्ता सेयर आवेदन दिने ५,४८३ जना आवेदकबाट २४,३३० कित्ता गरी जम्मा २,४०,००० कित्ता सेयर बाँडफाँड सम्पन्न गरिएको हाे ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि छुटयाईएको सेयरहरु मंसिर २३ देखि पुस ८ गते सम्म आवेदन खुल्ला गरेको थियो ।

यसरी हेर्नुहोस् नतिजा

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com र सीडीएससीको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।