काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छिमेक लघुवित्तकाे एपबाट क्यूआर भुक्तानी गर्न सकिने

8.9K
shares

छिमेक लघुवित्तले मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ । लघुवित्तले शुक्रबारदेखि यस सेवा सुरु गरेको हो ।

यस एपअन्तर्गत कनेक्ट आइपीएस र फोनपे सर्भिसमार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न सकिने छ । साथै, युटिलिटी पेमेन्टको प्रयोगबाट बिना झन्झट बिल भुक्तानी गर्न सकिने कम्पनीले व्यवस्था मिलाएको लघुवित्त जानकारी दिएको छ ।

लघुवित्तका सदस्यहरुले एपबाट आफ्नो इकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन सक्नेछन् । यस्तै, कारोबार सफल भएपश्चात ग्राहकहरुले कारोबारको जानकारी रकमसहित आवाज सुन्ने लघुवित्तले जनाएकाे छ ।

लघुवित्तले आगामी ३ वर्षमा आफ्ना ४० प्रतिशत ग्राहक सदस्यहरुलाई मोबाइल बैंकिङ सेवा पुर्‍याउने लक्ष्य लिएको छ ।