सन् २०२३ मा नयाँ उत्पादन ल्याउने भिभोको योजना
वि.सं.२०७९ पुस २१ बिहीवार ११:५२
shares

भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरु र ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्न प्रतिबद्धता जनाएको छ ।
भिभोका लागि सन् २०२२ निकै अद्भूत रहयो, डिजाइन-ड्रिभन स्मार्ट उपकरणहरू र सेवाहरूमार्फत अहिले देशको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्डहरूमध्ये एक बनेको छ । भिभोले निरन्तर उत्कृष्ट क्यामेरा क्षमताहरू, द्रुत-चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्सलगायत अत्याधुनिक विशेषताहरुमार्फत हामीलाई आश्चर्यचकित बनाउँदै आइरहेको छ ।
भिभोले २०२३ मा बहुप्रतिक्षित भी२७ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादनहरू सार्वजनिक गर्नेछ । नेपालमा स्थापना भएदेखि नै यस ब्रान्डले १५००+ रिटेल स्टोर र ४ वटा ग्राहक सेवा केन्द्रमार्फत उनीहरुको आवश्यकतालाई बुझेर सन्तुष्टि प्रदान गर्दै आएको छ ।
कम्पनीले भनेको छ, ‘यी संख्या निरन्तर बढ्दै गइरहेका छन् यसका लागि ग्राहकवर्गले दिएको माया र प्रशंसाको लागि धन्यवाद । विश्वव्यापी रूपमा पनि, ब्रान्डले कतारमा आयोजना भएको फिफा विश्वकप २०२२ लाई प्रायोजन गरेर प्रविधिको माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।’
भिभोले सन् २०२२ मा महत्वपूर्ण फ्ल्यागशिपहरू, विशेष गरी भी२३ र भी२५ सिरिजहरु सार्वजनिक गरेर उत्पादन लाइनको आक्रामक विस्तार गरेको थियो । त्यस्तै वाई३३एस, वाई०१, वाई५५, वाई१५सी, वाई३५, वाई२२, वाई१६ र वाई२२एसको लन्चहरूसँगै ब्रान्डको बजेट मैत्री र सुविधायुक्त वाई श्रृंखलाले पनि विस्तारको अनुभव गरेको छ ।
यसबाहेक, ब्रान्डको वाई२०, वाई२१ई र वाई२३ई स्मार्टफोनहरूको मूल्य क्रमशः रु.२०,९९९ र रु.३७९९९ र ४१,९९९ मा घटाएको छ । भिभोले भी२३ फाइभजीमा कलर चेन्जिङ ग्लास प्रविधि ल्याएको थियो भने भी२५ फाइभजीमा ५०एमपी फ्रन्ट क्यामेरा, ४५००एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज ल्याएको छ । रङ परिवर्तन हुने ग्लास प्रविधिले स्मार्टफोनको डिजाइनलाई परिभाषित गरेको छ । ब्रान्डले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै प्रविधिलाई प्रजातान्त्रिक र उन्नत बनाउने उद्देश्यका साथ यस सम्बन्धमा आफ्नो गतिलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।
गत वर्ष डिसेम्बर २०२२ मा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रमको आयोजना लगायत धेरै महत्वपूर्ण पहलहरू सञ्चालन गरेको थियो भने ‘मोर लोकल, मोर ग्लोबल’ दृष्टिकोणलाई आत्मसात् गर्दै स्थानीय प्रतिभालाई सम्मान र प्रोत्साहन गरेको थियो । यसबाहेक भिभोटाइन फोटोग्राफी प्रतियोगिता आयोजना गरी प्रतिभाशाली फोटोग्राफरहरूलाई पुरस्कार र भी, ए’ र वाई सिरिज स्मार्टफोनहरुमा छुट दिएको थियो ।
हरेक महिनाको २७ देखि २९ तारिखसम्म मनाइने ‘भिभो सर्भिस डे’मा ग्राहकहरूले अन्य फाइदाहरूका साथै निःशुल्क सरसफाइ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड लगायतका निःशुल्क बिक्री पछि सेवाहरूको फाइदा लिन सक्छन् ।
डिसेम्बर २०२२ मा ५औं वार्षिकोत्सवको अवसरमा, भिभोले दैनिक, साप्ताहिक र बम्पर लक्की ड्र मार्फत प्रयोगकर्ताहरूलाई आकर्षक उपहारहरू प्रदान गर्दै एक महिना लामो “सेल्स कार्निभल’ सम्पन्न गरेको छ । ब्रान्डले नेपालमा फाइभजी क्षमताको सुधारलाई पनि उल्लेखित उद्देश्यका रूपमा लिएको छ । भिभोले नेपाली समुदायमा आफ्नो संलग्नता र योगदानलाई सुधार गर्न २०२३ मा आफ्ना सेवाहरू र पहलहरूलाई अझ जोसिलो रूपमा वृद्धि गर्न जारी राख्ने कम्पनीको भनाइ छ ।

























