काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनकाे मूल्य १ लाख ३१०० रुपैयाँ पुग्यो

7.81K
shares

बिहीबार सुनकाे मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको छ । छापावाल सुनकाे प्रतितोला मूल्य १ लाख ३ हजार १०० रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६०० रुपैयाँ रहेकाे महासंघले जनाएकाे छ । बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीकाे मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो ।