काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइएमई पेबाट आइएमई लाइफको बिमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

7.48K
shares

आइएमई पे र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बिमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

सम्झौतापश्चात आइएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभर जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् । प्रयोगकर्ताले भुक्तानी गरेपछि एक हजार रुपैयाँको बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका साथै प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बिमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए ।