nmb bank

गृहपृष्ठ खल्तीबाट आइएमई लाइफको प्रिमियम भुक्तानीमा १ हजारसम्म फिर्ता

खल्तीबाट आइएमई लाइफको प्रिमियम भुक्तानीमा १ हजारसम्म फिर्ता

खल्तीबाट आइएमई लाइफको प्रिमियम भुक्तानीमा १ हजारसम्म फिर्ता

‘खल्ती’ ले आइएमई लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताको लागि बिमा प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ ।

यस अफरअन्तर्गत प्रयोगकर्ताहरुले प्रिमियम भुक्तानीमा रू. १००० सम्मको क्यासब्याक प्राप्त गर्नेछन् । यो सुविधामार्फत आइएमई लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताले नेपालभर जहाँबाट पनि सजिलै खल्तीबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्सको बिमा प्रिमियम खल्ती एपको होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गर्ने, ‘आइएमई लाइफ इन्स्योरेन्स’ छनौट गर्ने र मागिएको विवरण भरी भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ ।

प्रयोगकर्ताले भुक्तानी गरेपछि रु. १००० को बोनस तुरुन्तै पाउनेछन् । तर, प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्दा मात्रै बोनस प्राप्त हुनेछ ।

यसका साथै, खल्तीले अर्को ठुलो अफर छ, जसअन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२ इन्चकाे टीभी जित्ने सम्भावना रहेको छ । आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंकबाट भुक्तानी गरी यो अफरमा सहभागी जनाउन सक्नेछन् ।

प्रकाशित समय : २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु