काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘भर्जिन ल्याण्ड’मा सांसदको सपथ

11.17K
shares

लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मसुरीयास्थित नव निर्मित सभा हलमा उनीहरुले सपथ लिएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । दिउँसो २ बजेर १२ मिनेट जाँदै गर्दा सपथका लागि शेरचरणलाई बोलाइएको भए पनि सपथ खुवाउने बेहोरा टेबलमा आइनपुगेपछि केहीबेर सन्नाटा छाएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले बेहोरो छुटेको भन्दै सबै सांसदलाई बस्न आग्रह गरेका थिए ।

सपथको बेहोरा केहीबेरमा आएपछि फेरि सपथका लागि प्रदेश प्रमुख शेरचनलाई बोलाइएको थियो । त्यसपछि फेरि सबै सांसदहरू उभिएर सपथ खाएका थिए । सांसदहरुले सपथ खाँदा पूर्वमुख्यमन्त्री शंकर पोखरेल, सभामुख र मुख्यमन्त्री भने बसिरहे । उनीहरु बसेको सिटबाट उभिएनन् ।

सपथ ग्रहणका क्रममा विभिन्न जातजातिका भेषभुषा झल्कने पोशाकहरु सांसदहरुले लगाएका थिए । रोल्पा र रुकुमका मुगर समुदायका महिला पुरुषहरुले आफ्नै भेषभुषा लगाइएर सपथ खाएका थिए । त्यस्तै दाङ, बाँके र बर्दियाका थारु समुदायका महिला पुरुषहरुले पनि आफ्नै मौलिक भेषभुसा लगाएर सपथ ग्रहण गरेका थिए । रुपन्देही क्षेत्र लगायतका अन्य बाँकेका मधेसी समुदायका सांसदहरुले पनि आफ्नै पहिरणमा शपथ लिन आएका थिए ।

सपथपछि सांसदहरूलाई सचिवालयका सचिव पुनले त्यसमा हस्ताक्षर गर्न लगाएका थिए । हस्ताक्षरपछि उनीहरु फेरि अगाडि प्रदेश प्रमुख लगाएत मुख्य मन्त्री बसेको ठाउँमा झोला लिनका लागि निम्त्याइएको थियो । बधाइ ज्ञापन गर्दै त्यसपछि झोला दिने काम प्रदेश प्रमुख र मुख्यमन्त्री कुलप्रसाद केसीले गरेका थिए ।

त्यसपछि पहिलो संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने घोषणा सचिवालयका सचिव पुनले गरे । उनी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन् । अब प्रदेश सभामुख र उपसभामुखको चयन नहुँदासम्म अध्यक्षता भुसालले नै गर्ने गरेका छन् । अबको हप्ता दिन भित्रमा प्रदेश सभामुख र उपसभामुखको चयन गरि सक्ने अपेक्षा गरिएको छ ।

सपथपछि सञ्चारकर्मीसंँग कुरा गर्दै पूर्वमुख्यमन्त्री पोखरेलले अन्यत्र सबै स्थानमा केन्द्रले तोकेकै स्थानमा प्रदेश राजधानी तोकिए पनि लुम्बिनीमा भने नयाँ ‘भर्जिन ल्याण्डमा’ राजधानी तोकिएको हुँदा त्यो नमुनायोग्य रहेको बताए ।

देशकै नमुनायोग्न राजधानी बनाउन सबैले पहल गर्नुपर्ने उनले बताए । सपथपछि बाहिर विभिन्न सांसदहरूको फोटो सेसन चलेको थियो । उनीहरुले आफ्नो ठाउँका जनताको चाहनाअनुरुप विकास निर्माणदेखि शिक्षा, स्वास्थ्यको क्षेत्रको सुधारमा काम गर्ने प्रतिक्रिया दिए । त्यस्तै सांस्कृति पहिचान जोगाउन भूमिका खेल्ने उनीहरुले अठोट व्यक्त गरेका थिए ।