गृहपृष्ठ नेप्से १७ अंकले बढ्यो, ४ अर्ब बढीको कारोबार
नेप्से १७ अंकले बढ्यो, ४ अर्ब बढीको कारोबार
आज सेयर बचारमा उच्च कारोबार भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक १७.२४ अंकमाथिले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
नेप्से सूचक भने २०४६.२६ विन्दुमा उक्लिएको छ । गत हप्ता १६१ अंकमाथिले नेप्से बढ्दै २०२९ विन्दुमा अडिएको थियो ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र वित्त समूहको परिसूचक ०.०६ र ०.१९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । यस दिन जीवन बिमा समूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बिमा समूहको परिसूचक १.९५ प्रतिशत, अन्य समूहको परिसूचक १.६४ प्रतिशत र लगानी समूहको परिसूचक १ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी नबिल बैंकको २२ करोड ५७ लाख ४८ हजार रुपैयाँ माथिको ८५४ कित्ता सेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को १९ करोड ८८ लाख रुपैयाँ बराबरको र हिमालय डिस्टिलरीको १५ करोड ८० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सिर्जनशील लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ । आज डेभलपमेन्ट बैंक समूह र फाइनान्स समूहबाहे १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् ।
प्रकाशित समय : १५:५५ बजे



















