गृहपृष्ठ प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेका छन् ।

आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन् । यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्री पदमा दाबी पेस गर्न उनले आह्वान गरेका हुन् ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु