काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छठ पर्वको शुभकामना दिँदै सभापति थापाले भने– यस पर्वले सामाजिक सद्भाव र एकता बलियो बनाउँछ

1.09K
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले सामाजिक सद्भाव, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

छठ पर्वको अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा रहेको छठले सामाजिक सद्भाव, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै उनले ऋग्वेदमा उषा देवीको सुन्दर स्तुति गरिएको बताए । वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुने उनले बताए ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता तथा अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने थापाले उल्लेख गरे ।

उनले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस् भन्ने कामना गरेका छन्।

साथै, छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्दै उनले सम्पूर्ण नेपालीमा छठ पर्वको शुभकामना व्यक्त गरे ।