गृहपृष्ठ आइपीओ जारी गर्ने तयारीमा क्लासिक टेक

आइपीओ जारी गर्ने तयारीमा क्लासिक टेक

आइपीओ जारी गर्ने तयारीमा क्लासिक टेक

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरेको छ । यसका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको कम्पनीले जनाएकाे छ ।

कम्पनी पब्लिकमा रुपान्तरण भएपछि सर्वसाधारणहरूका लागि प्राथमिक सार्वजनिक सेयर (आइपीओ) जारी गर्नेछ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो ।

हालसम्म ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट कम्पनीले इन्टरनेट तथा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले अन्य विभिन्न स्थानमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको बताएको छ ।

कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु