गृहपृष्ठ ५.८९ अंकले घट्यो नेप्से, अधिकांश उपसूचक राताम्मे

५.८९ अंकले घट्यो नेप्से, अधिकांश उपसूचक राताम्मे

५.८९ अंकले घट्यो नेप्से, अधिकांश उपसूचक राताम्मे

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ओरालो लागेको छ ।

बुधबार नेप्से परिसूचक ५.८९ अंकले ओरालो लागेर १८६७.२२ विन्दुमा पुगेर रोकिएको छ ।  मंगलबार सेयर बजार १४.२२ अंकले वृद्धि भएको थियो । आज २५२ कम्पनीको कारोबारमा २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच भएको र ८६ करोड ३८ लाखभन्दा बढीको सेयर किनबेच भएको छ ।

यस्तै, एनआइसी एसिया बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नबिल बैंकको ३ करोडभन्दा बढीको कारोबार भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्थाको र सृजनशिल लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

आज १३ वटा उपसूचकमध्ये बैंकिङमा ०.२७ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै उपसूचक  राताम्मे भएका छन् । सबैभन्दा धेरै फाइनान्स र अन्य उपसूचकमा ओरालो लागेको नेप्सेले जानाएको छ ।

प्रकाशित समय : १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु