गृहपृष्ठ लक्ष्मी ग्रुपले मनायो ४९औं वार्षिकोत्सव
लक्ष्मी ग्रुपले मनायो ४९औं वार्षिकोत्सव
लक्ष्मी ग्रुपको ४९औं वार्षिकोत्सवको अवसरमा, ग्रुपअन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ ।
हुन्डाई नेपालले हुन्डाई मोटरको ‘मोबिलिटी’सँग सबैलाई जोड्ने उद्देश्यप्रति ऐक्यबद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ । ‘मोबिलिटी’ सबैको आधारभूत आवश्यकता भन्ने मान्यतासहित कम्पनीले मस्तिस्कघात भएका व्यक्तिहरूलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यहरू गर्दै आएको छ ।
यसका साथै सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तिकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आवद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ । उक्त कार्यशालाको निर्माणले समूहलाई आर्थिक भार घटाउनका साथै आत्मनिर्भर बनाउने विश्वास लिइएको छ ।
सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्शनरी, ट्रेडिङलगायत अन्य गुणस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ । यो समूह आफ्नो व्यापारसँगै संस्थागत सामाजिक उत्तरदायित्वको कार्यहरूमा पनि विश्वास र संलग्नता चिरपरिचित बनेको छ ।
विगत लामो समयदेखि आफ्नो वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वको कार्यहरु गर्दै आएको लक्ष्मी ग्रुपले व्यवसायिक उत्कृष्टता र दीर्घकालीन सहयोगलाई निरन्तरता दिँदै आएको छ ।
प्रकाशित समय : १४:३० बजे


















